spot_img

भोटेकोशी बाढीपीडित २०० परिवारलाई दियो नेपालको राहत, चामलदेखि इन्डक्सन चुल्होसम्म वितरण

spot_img

भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका २०० परिवारलाई दियो नेपाल संस्थाले राहत सामग्री वितरण गरेको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ सहित नुवाकोटका विभिन्न क्षेत्रका प्रभावित परिवारलाई काठमाडौं महानगरपालिका–१६ मा रहेको अरुणी विद्यालयको प्रांगणमा राहत वितरण गरिएको हो। काठमाडौं–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठको हातबाट प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो।

संस्थाले प्रतिपरिवार करिब १५ हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य तथा आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। राहत प्याकेजमा चामल, तेल, लत्ताकपडालगायतका सामग्रीसँगै इन्डक्सन चुल्होसमेत समावेश छन्।

विपद्का कारण समस्यामा परेका परिवारलाई कठिन समयमा ठूलो परिमाणमा व्यवस्थित राहत उपलब्ध गराएको भन्दै स्थानीयले दियो नेपालप्रति आभार व्यक्त गरेका छन्।

यसैबीच, भोटेकोशी बाढीबाट पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित भएको तथ्यांक छ। बाढीबाट कुल ३२ हजार ९ सय ६३ जना प्रभावित भएका छन्।

प्रभावितमध्ये सबैभन्दा ठूलो संख्या नुवाकोटमा रहेको छ। नुवाकोटमा १७ हजार ८२ जना प्रभावित भएका छन्। त्यस्तै रसुवामा ७ हजार ६ सय ३३, धादिङमा ६ हजार ६ सय ३८, गोरखामा १ हजार ९६ र चितवनमा ५ सय १४ जना प्रभावित भएको तथ्यांकमा उल्लेख छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img