काठमाडौं । काब्य म्युजिक प्रा.लि. को आयोजनमा सम्पन्न ‘ दोश्रो काब्य म्युजिक अवार्ड – २०८० ’ को सर्वोत्कृष्ट मोडेलको अवार्ड आयुसमा कार्कीले जितेकी छिन् । काठमाडौंको चाबहिलस्थित नेपाल चलचित्र विकास बोर्डको हलमा सम्पन्न अवार्ड कार्यक्रमबाट कार्कीले काठे भाका ‘ लेख्या रैछ म तिम्रो हुनलाई ’ गीतको म्युजिक भिडियो मार्फत सर्वोत्कृष्ट फिमेल मोडेलको अवार्ड जित्न सफल भएकी हुन् ।
आयोजक संस्थाले निकालेको नोमिनेशनको टप ५ मोडलहरु आरुसी मगर, रुबिना अधिकारी, अस्मीता रन्पाल र बिना राउतलाई पछि पार्दै कार्कीले अवार्ड आफ्नो हात पारेकी हुन् । ‘ लेख्या रैछ म तिम्रो हुनलाई ’ का गायक दिपक थापा र गायिका पार्वती कार्कीको समधुर आवाज रहेको छ ।
सिन्धुपाल्चोककाे चौतारा नगरपालिका वडा नम्बर -१ मा जन्मिएकी आयुसमा कार्की अनुशासित र सुन्दरी मोडल हुन् ।उनले ‘ धनगडी बसमा ’, ‘ दाँते ओखर ’, ‘ घर कता हो बैनीको ’, ‘ चिसो मैहिना पुषैको ’, ‘ अधेरीमा जुन ’, ‘ माया लायाको ’, ‘ बधाई मुरी मुरी ’, ‘ केही प्रितका कुरा ’, ‘ जुन माया ’, ‘ मनले खाएको ’, ‘ कहाँ छौ कुन्नी खोई ’, ‘ खोलिको दोबान ’, ‘ ओइ सानी ’, ‘ साइली ’ लगायतका २ सय भन्दा बढी लोक तथा आधुनिक गीतहरुमा मोडलिङ गरिसकेकी छिन् , भने १ दर्जन भन्दा बढी टेलिचलचित्र र सिरिजमा अभिनय गरेकी छिन् ।
मोडलिङ क्षेत्रमा पाइला टेकेको छोटो समयमा यति धेरै सफल्ता पाउनुमा उनको कडा मेहनत, अनुशासन र परिवारको साथ मुख्य रुपमा रहेको छ । स्नातक तहसम्म अध्ययन गरेकी कार्की निकै अनुशासित र लगनशिल छिन् ।