काठमान्डौ। काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलसहित गुम्बा निर्माण समितिका अध्यक्ष मिलेर किर्ते हस्ताक्षर गरी गुम्बाको खातामा रहेको रकम हिनामिना गरेको आरोप लागेको छ।
गुम्बाको रकम हिनामिना गर्न गुम्बाका अध्यक्षले कार्यसमितिलाई थाहै नदिई १० जनाको किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको आरोप लागेको हो। यता गाउँपालिका अध्यक्ष भुजेलमाथि त्यसका लागि सिफारिस दिएको आरोप लागेको छ।
भुम्लु गाउँपालिका– ५ मुलाबारीमा अवस्थित होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माणका लागि गुम्बा पुनर्निर्माण प्राधिकरणबाट बजेट परेको थियो।
प्राधिकरणबाट ७० प्रतिशत र उपभोक्ता समितिबाट ३० प्रतिशत व्यहोर्ने गरी करिब ८० लामा गुम्बा पुनर्निर्माण भएको थियो। गुम्बा निर्माण सम्पन्नपछि पाँच लाख चानचुन रकम बचेको थियो। उक्त रकम गुम्बाको बैंक खातामा थियो।
श्रोत: नयाँ पत्रिका






