काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा नरहेको बताएका छन् ।
राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच बिग्रिरहेको संकेत देखा परिरहेका बेला ओलीले अहिले सरकार संकटमा नपर्ने बताएका हुन् ।
गृह मन्त्रालयबारे आफूले सुझाव दिइसकेको र त्यसमा प्रधानमन्त्रीले नै निर्णय लिने उनको भनाइ थियो ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुको सोधेका प्रश्नको जवाफमा उक दुईटा विषयले सरकार नै संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताए । उनले अहिलेका शासन प्रणालीमै अस्थिर र तरल अवस्थामा रहेको बताए ।
गृह मन्त्रालयबारे चलिरहेकाे बहसबारे पनि उनले मुख खाेलेका छन् । उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपा पाउनुपर्ने बताए । यस विषयमा आफू र प्रधानमन्त्री प्रचण्डबीच समस्या नरहेकाे पनि उनले बताए ।
रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय भने सोहि पार्टीको भएकाे उनकाे भनाइ थियाे ।गृह मन्त्रालयबारे निर्णय लिन सर्वाेच्चकाे पूर्णपाठ आवश्यक नपर्ने पनि उनले स्पष्ट पारे ।






