spot_img

कहीकतै गठवन्धन हुँदैन : कांग्रेस

spot_img

काठमाडौं। नेपाली कांग्रेसले कुनै पार्टीसँग कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले १६५ निर्वाचन क्षेत्रमा नै आफ्नो उम्मेदवार उठाइसकेको हुँदा कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारे।

‘चुनावपुर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ, सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ, त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’ कांग्रेस प्रवक्ता चालिसेले भने।

उनले अधिनायकवाद मिठो चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे। यस्तै अन्य केही राजनीतिक दलले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img