spot_img

नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुँदै

spot_img

काठमाडौँ । नेपालमै पहिलो पटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथन प्रतियोगिता हुदैछ ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र द स्केटल्याण्ड स्केट पार्कको संयुक्त आयोजनामा यही असोज २० गते शनिवार खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिरबाट समेत सयौँको सङ्ख्यामा स्केटर (खेलाडी) को प्रतिस्पर्धी रहने आयोजकले जनाएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको यो खेल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा चल्ने द स्केटल्याण्डका सञ्चालक अब्राहम राईले जानकारी दिए ।  

प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्ययतामा शनिवार बिहान ८ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिर विदेशबाट समेत सयौँको सङ्ख्यामा स्केटर खेलाडीहरुले बाक्लो सहभागिता जनाउने आयोजकले जनाएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img