मकवानपुर । मकवानपुरको टिष्टुङमा सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम-२०७९ सम्पन्न भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक चाड तथा नयाँ वर्ष मञ्जुश्री सम्वत २८५९ ह्योइ,तावर ल्हो (बिरालो वर्ग) को अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सोनाम ल्होछारको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
दुई दिन सम्म चलेको सो कार्यक्रमको पहिलो दिन चर्चित कलाकारहरूले आ-आफ्नो प्रस्तुति राख्नुका साथै लामा गुरुहरूबाट पूजापाठ आयोजना गरिएको थियो।
कार्यक्रमको समापन समारोहमा वाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले ल्होछारको शुभकामना दिँदै मकवानपुर र वाग्मती प्रदेशको विकासको लागि आफू लागी परेको बताएकी छन्।
कार्यक्रममा विश्व दोङ,संजिव वाइबा,लगायतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।







