spot_img

नयाँ मन्त्रीहरूलाई परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिताबारे प्रशिक्षण

spot_img

काठमाडौँ। परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई लक्षित गर्दै परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिताबारे विस्तृत अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै मन्त्रीहरूलाई प्रस्तुति दिएका हुन्। प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालका अनुसार उक्त प्रस्तुति वर्तमान अन्तर्राष्ट्रिय परिवेश र नेपालको कूटनीतिक अवस्थाबारे केन्द्रित थियो।

प्रस्तुतिका क्रममा सचिव राईले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन, तथा समग्र परराष्ट्र नीतिका मूल आधारबारे जानकारी गराएका थिए। उनले परराष्ट्र नीति कार्यान्वयन गर्दा अपनाउनुपर्ने प्रक्रिया, सीमितता र कूटनीतिक मर्यादाका विषयमा पनि स्पष्ट पारे।

त्यसैगरी, नेपालको परराष्ट्र नीतिका प्राथमिक क्षेत्र, विभिन्न देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्ने आवश्यकता, र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

विदेशी प्रतिनिधि वा पदाधिकारीसँगको भेटवार्ताका क्रममा अपनाउनुपर्ने व्यवहार, सामान्य शिष्टाचारदेखि लिएर अनिवार्य कूटनीतिक मान्यतासम्मका विषयमा समेत सचिव राईले विस्तृत रूपमा जानकारी दिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img