काठमाण्डौं । सरकारबारे निर्णय लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू भएको छ ।
पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिनेछ ।
नागरिकता प्रकणमा दोषी ठहर हुँदै लामिछानेले यसअघि सबै उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति पद गुमाएका थिए । गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि उनले फेरि गृह मन्त्रालयको माग राख्दै आएका छन् ।
उद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृह मन्त्रालय नदिने अडान लिएका छन् । प्रचण्डले गृह आफूले राखेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।
बैठकअघि रास्वपा सभापति लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट गरेका छन् भने लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आज बसिरहेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी सदस्यहरुलाई मोबाइल बोक्न रोक लगाइएको छ।
यस अगाडिको बैठकमा सञ्चारमाध्यममा सूचना बाहिरिएको भन्दै यो बैठकमा सांसद तथा केन्द्रीय सदस्यहरुलाई मोबाइल लग्न बन्देज गरिएको एक केन्द्रीय सदस्यले बताएका छन्।
आजको बैठकले पार्टी सरकारमा रहने वा नरहनेबारे निर्णय गर्ने बताइएको छ।






