काठमाण्डौं । विश्व किर्तिमानी पत्रकार शिखर जंग श्रेष्ठ (गजरकोट)सम्मानित भएका छन् । सोमबार काठमाण्डौंमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड वितरण समारोहमा पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।
प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा श्रेष्ठले ‘मोफसल पत्रकारिता सम्मान’ पाएका हुन् । उनलाई चलचित्र अभिनेत्री बसुन्धरा भूषालले सम्मान पत्र प्रदान गरेकी हुन् ।
श्रेष्ठ ‘द हाइयष्ट अल्टिच्यूड म्यूजिक भिडियो ‘अन द ल्याण्ड’विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर हुन् भने उनले ८ बर्ष सोलुखुम्बुमा रहेर रेडियो पत्रकारिता गरेका थिए । हाल नेपालखोज डटकमका सम्पादक श्रेष्ठ गीतकार समेत हुन् ।






