spot_img

पर्यटन मन्त्री प्रेम आलेविरुद्ध उजुरी पर्‍यो

spot_img

काठमाडौँ- संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद्, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो ।

उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लील शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् ।

सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरूमा अश्लील शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो ।’

उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामती कर्मचारीहरूलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजुरीमा उल्लेख छ ।

यसैबिच ३ असार शुक्रबार नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यमहरूमा आएअनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ ।

त्यस्तै प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खेदजनक अश्लील शब्द प्रयोग गरिएको भेटिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img