spot_img

प्रेम आलेको अश्लील अडियोबारे मन्त्रिपरिषदले छानबिन गर्ने

spot_img

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका अध्यक्षबीच भएको विवाद छानबिन हुने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो घटनामा छानबिन गर्ने निर्णय गरेको छ। साथै एक समिति गठन समेत भएको एक मन्त्रीले जानकारी दिए।

निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। आलेले नेवानिका अध्यक्षमाथि अश्लील बोल्दै कुटपिट गर्न खोजेको विवरणसहितको अडियो असार ३ मा सार्वजनिक भएको थियो। ​

उनले अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका थिए। ​आलेले गरेको गालीगलौज सहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो। तर उनलाई उनको पार्टी नेकपा एकीकृत समाजवादीले कारबाहीको कुनै निर्णय लिएको थिएन।​

आले पटक पटक विभिन्न बहानामा विवादमा पर्दै आएका छन्। यसअघि पनि मन्त्री आलेले कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो। ​

त्यतिबेला आलेको राजीनामा समेत माग भएको थियो। तर मन्त्री आलेको सचिवालयले त्यतिबेला तथ्यहीन आरोप लगाउन खोजेको भन्दै खण्डन गरेको थियो। अहिले पनि आलेको सचिवालयले नेवानि अध्यक्षलाई सम्झाउन मात्रै खोजेको तर हातपात नगरेको जिकिर गरेको थियो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img