spot_img

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे केन्द्रीय कार्यालय बसुन्धारामा, चुनाव चिन्ह घन्टी

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्।

उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को-को छन् भन्नेबारे उनले खुलाएका छैनन्। तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए। केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ।

उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए।

‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’  

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img