spot_img

लुम्बिनी पुगेर प्रधानमन्त्री देउवाले के भने ?

spot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएकोले शैक्षिक जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

शुक्रबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याउँदै शैक्षिक जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका हुन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले बुद्धले प्रतिपादन गरेको शिक्षा अहिलेको समयमा पनि महत्वपूर्ण रहेकोले बौद्धशिक्षा तर्फ धेरैको आकर्षण बढिरहेको बताए।

‘अहिले नेपालमा मात्र नभएर विश्वका धेरै मुलुकमा बौद्ध दर्शनको अध्ययन–अध्यापन गर्नेहरू बढ्दै गएका छन्, यसले पनि बुद्धद्वारा प्रतिपादित शिक्षाको महत्व कति रहेको छ भन्ने देखाउँछ,’ उनले भने।

उनले बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको उल्लेख गर्दै बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको स्रोतका रूपमा स्थापित गर्नुपर्ने चुनौती रहेको बताए।

प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रूपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रूपमा आफूलाई स्थापित गर्न दीक्षित भएका विद्यार्थीहरूलाई आग्रह गरे।

प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध अध्यापनसँगै बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसार गर्न पनि आग्रह गरे।

बौद्ध शिक्षाको प्रचारप्रसारले लुम्बिनी र बौद्ध पर्यटनमा पनि सघाउ पुर्‍याउने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयले समयअनुसार जीवन उपयोगी शिक्षालाई पनि अगाडि बढाउनुपर्ने बताए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img