निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट गरेका हुन् ।
‘उत्पादनसँग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो’ उनले भने,‘ महिला, दलित लगायतसँग अन्तरक्रिया र संकलन गरेर बनाइयो । स्रोत र सीमालाई पनि हेरियो ।’
उनले बजेटमा पार्टीको एजेन्डाअनुसार जनमुखी कार्यक्रम समेटिएको बताए ।






