spot_img

मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह

spot_img

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्‍यापर यम बुद्धको सालिक बनाउने बताएका छन् ।

शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरुको दिन शुभ रहोस् ।’

काठमाडौँ महानगरपालिकाको बजेटबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img