spot_img

चीनको वुहानमा फेरि लकडाउन

spot_img

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। 

पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ। यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ।

१२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ। दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो। 

त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरियो। सार्वजनिक यातायात बन्द भए, शहरलाई उच्च जोखिमको वर्गीकरणमा राख्दै स्थानीय सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ।

रेस्टुरेन्ट र ठूला जमघटहरू, प्रदर्शनदेखि सभा सम्मेलन सबैमा प्रतिवन्ध लगाइएको छ। यस्तै सबै धार्मिक गतिविधि हुने स्थानहरू, शिक्षण संस्था लगायत सबै क्षेत्रमा तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ।

वुहान कोरोनाभाइरस संक्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ संक्रमित देखिएका थिएनन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img