spot_img

टान अध्यक्षमा कांग्रेसको आधिकारिक उम्मेद्वार निलहरि बास्तोला

spot_img

नेपाली काँग्रेसप्रति आस्थाराख्ने पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छ ।

टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ (निटनेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुधबार संयुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो ।

दुबै सङ्गठनका अध्यक्ष क्रमशः दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निटनेपालका अध्यक्ष दिपक महतले जानकारी दिए ।

उनले दुबै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए । अध्यक्षका प्रत्यासी बाँस्तोलाले सुभेच्छुक संस्थाबाट आफू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीक छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताए ।

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बास्तोला अब्बल प्रतिस्पर्धीको रुपमा चुनावी अभियानमा होमिएका छन् ।

पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताए ।

टानको संस्थागत सुधार र पर्यटन व्यावसाय प्रवद्र्धनका भाबी योजनासहितको एजेण्डा लिएर बाँस्तोला चुनावी माहोल आफ्नो पक्षमा पार्न खटिरहेका छन् ।

टानलाई विशुद्ध व्यवसायिक संस्थाको रुपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको चाहना छ ।

कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई माथि उकास्नु ठूलो चुनौति रहेकाले त्यसको लागि टानको भूमिका महत्वपूर्ण हुने बताए ।

व्यवसायमा नीतिगत र योजनागत सुधारहरुका विषयमा बुझेको छु, ती कार्यहरुलाई पूर्णता दिन स्वयं नेतृत्वमा रहनुपर्ने भएकाले यो पटक टानको नेतृत्व आफुले गर्न चाहेको बताए । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img