spot_img

विश्वप्रकाश शर्मा झापाबाटै चुनाव लड्ने

spot_img

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन्।

बुधबार बिहान ट्विट गर्दै शर्माले काठमाडौं-५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट आगामी संसदीय चुनाव लड्ने बताएका हुन्।

शर्माले लेखेका छन् फेरि प्रस्ट्याउँ,बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ-५ मा चुनाव प्रचारमा पुग्नेछु नै।

तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न ?

शर्मा २०७४ मा झापा क्षेत्र नम्बर-१ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए। कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए।

त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए। यसपालि भएको स्थानीय चुनावमा झापा-१ मा कांग्रेस एमालेभन्दा निकै पछि छ। यहाँ एमालेले ३१ हजार दुई सय ३२ मत ल्याएको छ।

कांग्रेसले भने २४ हजार ५९ मत ल्याएको छ। माओवादीले तीन हजार ९ सय ९५, नेकपा एकीकृत समाजवादीले एक हजार दुई सय ५२, जसपाले ६९, राप्रपाले ६ हजार ९ सय २२ र स्वतन्त्रले दुई हजार २ सय ५६ मत ल्याएका छन्।

गठबन्धनका अन्य पार्टीको मत जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत पुर्‍याउँछ तर एमाले एक्लैको मत ३१ हजार बढी छ। एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्‍याउने देखिन्छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img