spot_img

एक्सनमा बालेन शाह : आज कहाँ–कहाँ चल्दैछ डोजर ?

spot_img

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा अवैध संरचनामा डोजर लगाउने कार्य शुक्रबार पनि निरन्तर रहने भएको छ ।

पछिल्लो दुई दिन राजधानीका विभिन्न स्थानमा डोजर चलाएर अवैध संरचना भत्काइएकामा शुक्रबार पनि यो कार्यलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ ।  त्यसका लागि मेयर बालेनको टीम डोजरसहित ‘स्ट्यान्डबाई’ रहेको छ। 

आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ । 

यसअघि महानगरपालिकाले अल्फा बिटा कम्प्लेक्स, आरबी कम्प्लेक्स, काठमाडौं मललगायतमा बनेका अवैध संरचना हटाइसकेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img