spot_img

दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने

spot_img

दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ)नोट साट्ने व्यवस्था मिलाइएको छ ।

नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो । 

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ ।

प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए । 

यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ । यतिले नपुगे थप रकमको व्यवस्थापन समेत गरिने नेपालले बताए ।

गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img