spot_img

डेंगु सङ्क्रमणबाट लमजुङकी पत्रकार अधिकारीको मृत्यु

spot_img

डेंगी संक्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन भएको छ। २३ वर्षीया अधिकारी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन्।

बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।

उनको आज बिहान ६:३० बजे निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ।

अध्यक्ष परमेश्वर अधिकारी र सचिव रूद्रहरि ढकालले निकालेको शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।

311713415 3371483996468811 8131432941176691594 n

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img