काठमाडौ- नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदान गरेपछि उनले अहिले शानदार ढंगबाट जित्नेमा विश्वस्त रहेको बताए। सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।
त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’
मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ रु परिर्वतन भयो भने के अर्थ राख्छ रु भनेर काठमाडौं-४ का मतदातालाई हेक्का रहेको उनले बताए ।
काठमाडौं-४ का मतदाताले आफ्नो संकल्प पूरा गर्ने आधार दिने विश्वास रहेको उनले बताए ।






