spot_img

यी हुन् प्रचण्ड नेतृत्व सरकारका तीन उपप्रधानमन्त्री

spot_img

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। 

सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति भएको हो। श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्।

यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका हुन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img