spot_img

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

spot_img

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिएका छन्। कार्कीले सोमबार साढे २ बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को २९१० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

झापा ५ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। यसअघि प्रदेशसभाका ६० जना सदस्यको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाइ सदस्यको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए। प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन्।

प्रदेश प्रमुख खापुङसमक्ष प्रदेशसभाका सबभन्दा ठूलो दल एमालेका नेता कार्कीको नेतृत्वमा सरकार गठनका लागि आइतबार दाबी पेश गरिएको थियो।

कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरि ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरेका हुन्।

प्रदेश प्रमुख खापुङ्गले संविधानको दफा १६८ को उपदफा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न समय दिएका थिए।

प्रदेश १ मा कुनै पनि दलको बहुमत छैन। जस अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा कार्कीलाई अघि सारिएको थियो।

कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img