spot_img

राष्ट्रपतिले गरिन् वसन्त श्रवण

spot_img

काठमान्डौ। वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गरेकी छिन् ।

बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका थिए । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिलगायत उच्चपदस्थ अधिकारीहरु उपस्थित थिए ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन हनुमानढोका दरबार क्षेत्रका नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा छ । आजै विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img