नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो ।
केही दिन अगाडि डीआईजीबाट ५ जनालाई एआईजीमा सरकारले बढुवा गरेको थियो ।
चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन्।





