थ्री नेसन्स कप अन्तर्गत दसरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले लाओसलाई पराजित गरेको छ। नेपालले लाओसलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालको पुनरागमन जितका लागि आयुष घलान र मनिष डाँगीले गोल गरेका थिए। बिजेता टोलीले ५००० अमेरिकी डलर प्राप्त गर्ने छन्।





