spot_img

सभामुखको चुनाव माघ ५ गते

spot_img

प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् । 

त्यस अवसरमा उनले संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए।

सभाका ज्येष्ठ सदस्य राणाले भने,‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोके ।

साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा.भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।’

सत्तारुढ दलहरुबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img