सोलुखुम्बुको नेचासल्यान ३ का अध्यक्षका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै नेपाली काँग्रेस प्रदेश समिति सचिव सहित आधा दर्जन नेताहरुलाई कारबाहीको सिफारिस गरिएको छ ।
नेपाली काँग्रेस वडा नम्बर ३ का वडा सचिव शम्भु घिमिरेको अध्यक्षतामा नेचामा सम्पन्न नेता तथा अगुवा कार्यकर्ताहरुको भेलाले प्रदेश सभा क का प्रदेश सचिव हेमराज भट्टराई सहित ५ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।
वडा सचिव शम्भु घिमिरेले जिल्ला समितिलाई पत्राचार गर्दै वडा अध्यक्षका उम्मेदवारलाई प्रत्यक्ष र परोक्ष रुपमा हराउन भुमिका खेलेको भन्दै प्रदेश सचिव भट्टराई, महाधिबेशन प्रतिनिधि पूजा फुयाँल, पुर्व जिल्ला सदस्य सन्तोष कट्टेल, जिल्ला सदस्य लोचनकुमार शर्मा र क्रियाशिल सदस्य राजिन्द्र घिमिरेलाई सांगठनिक कारबाही सिफारिस गरेको हो ।
जिल्लामै सबैभन्दा बढी क्रियाशिल सदस्य रहेको वडामा पार्टीका आधिकारिक उम्मेदवार चन्द्र प्रसाद आचार्य ३ मतले पराजित भएपछि पार्टी भित्र चुनावी समिक्षा भएको हो ।
जिल्ला समितिलाई गरिएको सिफारिसमा ती नेताहरुलाई वडाको चुनावी अभियानमा सामेल नभएको, विपक्षि पार्टीका उम्मेदवारलाई भोट मागेकोजस्ता आरोप लगाईएको छ ।

