spot_img

हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

spot_img

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई एक दिन राजाको रूपमा देख्न चाहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिँदै उनले हृदयेन्द्रलाई एक दिन राजाको रूपमा देख्न चाहेको बताएका हुन्। आफ्नो अनुभवले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने उनले दाबी गरे।

‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत : आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ,’ मिश्रले लेखेका छन्, ‘त्यसैले, संकटका बेलामात्र सदुपयोप गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनिु राजसंस्था राखौं।

म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औं जन्मदिनको शुभकामना१’ संसदले बाँधेर राजसंस्था फर्काउनु पर्नेबारे उनले बेल्जियमको एउटा उदाहरण पनि दिएका छन्।

बेल्जिमयका राजा बोदवाँलाई विधेयक पारित गर्नकै लागि निलम्बन गरेको उदाहरण दिएका हुन्। ‘सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्,’ उनले भने, ‘त्यसपछि, सरकारले उनलाई कयौं दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो।

र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुन : गद्दी आसिन गरायो।’

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img