spot_img

सभामुख सापकोटा र अध्यक्ष लीबीच शिष्टाचार भेट

spot_img

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। 

उनीहरुबीच संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।सोमबार दिउँसो काठमाडौं उत्रिएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए।

नेता ली नेपालमा तीन दिनसम्म रहनेछन्। उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन्। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img