spot_img

यसपटक जनतालाई निराश बनाउने छैनौं : गगन थापा

spot_img

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

आज आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै थापाले जनताको मतको सम्मान गरिने र जनतालाई निराश नबनाउने पनि बताएका थिए।

‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं, हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’

उनले निर्वाचन जितेपछि जनताका अपेक्षा सुझबुझ र परिपक्क ढंगले पूरा गर्नुपर्ने बताएका थिए। सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर स्थानीयस्तरदेखि राष्ट्रियस्तरका मुद्दा तथा विकास निर्माणका काम गर्ने थापाको भनाइ थियो।

दलहरूको संयन्त्र नै बनाएर विकास निर्माणका काम गरिने उनले बताए। उनले संविधान, स्थिरता र शान्ति मुलभूत उद्देश्य भएको र समृद्धिभन्दा अरू लक्ष्य नभएको पनि बताएका थिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img